नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दै

काठमाडाैं | असार ३, २०८०

नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दै तस्बिर फाइल

काठमाडौं:    आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले आज घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो ।


जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय १६ रनले पराजित भएको छ । नेपालले जिम्बाब्वेसँग सन् २०१८ मा खेलेको थियो । विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ ।


नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्य १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ ।


यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ र एक खेल वर्षाको कारण रद्द भएको छ ।


आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।


समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्